१५ असार २०८३, सोमबार

कपिल शर्माको नयाँ शो सलमान खानले निर्माण गर्ने

कात्तिक ११, २०७५
कपिल शर्माको नयाँ शो सलमान खानले निर्माण गर्ने

काठमाडौं — बलिउडका सुपरस्टार सलमान खानले हास्यलाकार कपिल शर्माको नयाँ टीभी शो निर्माण गर्ने भएका छन् । 

शोको पहिलो दुई सीजन दुईवटा प्रोडक्सन हाउसले निर्माण गरेका थिए । कपिल शर्माकै प्रोडक्सन कम्पनी के९ र अर्को फ्रेम्स प्रोडक्सनले शो बनाएका थिए । फ्रेम्सले अघिल्लो सीजनको घटनाक्रमपछि यसपालि शोको प्रोडक्सन गर्न मानेन । 

कपिलले एक्लै शोको प्रोडक्सन गर्न नसकेपछि सलमान खानले उनलाई सपोर्ट गर्ने भएका हुन् । 

सोनी च्यानलले आगामी सीजनमा पुरानै स्टारकास्ट भए हुन्थ्यो भन्ने चाहेको थियो तर स्टारकास्ट तयार पार्न गाह्रो परिरहेको छ । च्यानलले उपासना सिंह, चन्दन प्रभाकर, अली असगर, सुगन्धा मिश्र र रोशेल रावलाई भेटेको छ । तर
कसैले पनि काम गर्ने भनिसकेका छैनन् । कीकू शारदा, भारती सिंह र सुमोना चक्रवर्तीले चाहिँ सकारात्मक प्रतिक्रिया दिइसकेका छन् । 

यो शो सन् २०१९ को जनवरीमा शुरू हुनेछ । च्यानलले शो ल्याउन हतार गरेको छैन किनकि सबै कुरा पर्फेक्ट होस् भन्ने उसको चाहना छ । कलाकार र फर्म्याट केही पनि फाइनल भएको छैन । 

शोको फर्म्याट पहिलेकै जस्तो हुनेछ । हरेक हप्ता दुई एपिसोड हुनेछन् जसमा बलिउड अभिनेता र अन्य सेलेब्रिटी आएर फिल्म तथा अन्य प्रोजेक्टलाई प्रमोट गर्नेछन् । 

कपिल शर्मा फेरि सुनील ग्रोभरसँग मित्रता गाँसेर उनलाई शोमा भित्र्याउन चाहन्छन् । सुनीलले शोमा आउन चासो नदेखाएको भएपनि च्यानलले उनलाई फकाउने कोशिश जारी राखेको छ । 

एजेन्सी

salt training

कमेन्ट गर्नुहोस्