२६ जेठ २०८३, मंगलबार

२२ क्याम्पसमा मात्र स्ववियु चुनाव

कात्तिक २०, २०७४
२२ क्याम्पसमा मात्र स्ववियु चुनाव
काठमाडौं, फाल्‍गुन १७- पटक-पटक भएको वार्ता र छलफलमा पनि असन्तुष्ट विद्यार्थीले क्याम्पसहरुमा लगाएको ताला खुलाउन नसकेपछि त्रिभुवन विश्वविद्यालयले ६० वटा आंगिक क्याम्पसमध्ये २२ वटा आंगिक क्याम्पसमा मात्र स्ववियु चुनाव गर्ने भएको छ।

बुधबारलाई तोकिएको चुनावका लागि बाँकी क्याम्पसमा उम्मेदबार मनोनयन हुन नसकेपछि त्रिविले मनोनयन भएको दर्ता भएका ती क्याम्पसमा मात्र चुनाव गर्न लागेको हो । २२ वटा क्याम्पसमा शनिबार उम्मेदबारी मनोनयन भएको थियो। यी क्याम्पसहरुमध्ये उपत्यकाका ८ वटा र उपत्यका वाहिरका १४ वटा रहेको त्रिविले जनाएको छ।

गोरखाको गोरखा क्याम्पस र काठमाडौंको जन प्रशासन क्याम्पसमा उम्मेदवार मनोनयन तथा नामावली समेत प्रकाशन भईसकेको भएपनि सोमबार साँझ विद्यार्थीबीच विवाद भएकोले चुनाव रोकिएको चुनाव परिचालन समितीकी संयोजक तथा शिक्षाध्यक्ष प्राध्यापक डा. सुधा त्रिपाठीले जानकारी दिईन्।

२२ वटा क्याम्पसहरुमा उम्मेदबारको अन्तिम नामावली र मतदाता नामावली समेत प्रकाशन भएको समाचार आजको अन्‍नपूर्ण पोस्ट् दैनिकमा छ।

salt training

कमेन्ट गर्नुहोस्