१० असार २०८३, बुधबार

स्थानीय चुनावको घोषणाले खोटाङवासी उत्साहित

कात्तिक २०, २०७४
स्थानीय चुनावको घोषणाले खोटाङवासी उत्साहित
केदार मगर। खोटाङ, फागुन १७- लामो समयपछि सरकारले स्थानीय तहको निर्वाचन गर्ने मिति घोषणा गरेसँगै जिल्लावासी उत्साहित भएका छन् ।

विसं २०५४ देखि पदाधिकारी विहीन स्थानीय निकाय अब नयाँ संरचनामा अघि बढ्ने भएपछि जिल्लावासी उत्साहित बनेका हुन् ।

महिला तथा समावेशीमा प्रतिनिधित्व हुने भएपछि जिल्लाका महिला तथा दलितसमेत उत्साहित छन्। यो चुनावमा मुलुकको राजनीतिक परिवर्तन अनुसार पालिका हाँक्न सक्ने सक्षम उम्मेदवार तय गर्ने नेताको छनक देखिन्छ।

अबको निर्वाचनमा सबैको साझा बन्न सक्ने व्यक्तिलाई उम्मेदवार बनाउने राजनीतिक दलको तयारी देखिन्छ।'अब नयाँ जोस् र जाँगर भएका युवाले पालिका हाँक्नु पर्छ।' नेपाली काँग्रेसका जिल्ला सचिव ज्ञानेन्द्र जोशी भन्छन् , “पुराना व्यक्तिबाट नेतृत्व सम्भव छैन । युवापुस्ताले नेतृत्व गरेमात्र देशको विकास सम्भव हुन्छ।'

नेकपा (एमाले)मा पनि नयाँ नेतृत्वले अवसर पाउनुपर्ने युवा नेता दिलचक्र राई बताउनु हुन्छ । “अब ऊर्जाशील युवालाई विकासमा लगाउनुपर्छ ।” उहाँ भन्नुहुन्छ, “पार्टीले अवसर दिनुपर्छ । युवाशक्ति रोजगारीका लागि विदेशिनु नपरोस्।”

नेकपा (माओवादी केन्द्र)का युवा नेता विनोद आचार्यले पनि युवाको नेतृत्वमा पालिकाका पदाधिकारी निर्वाचित हुने बताए। यसले मात्र मुलुकको परिवर्तनमा टेवा पुग्ने आचार्यको तर्क छ।

नेकपा (माले)का युवा नेता श्यामराज राईले स्थानीय तहको निर्वाचनबाट निर्वाचित भएका प्रतिनिधिले पालिकाको नीति निर्माण गर्नुपर्ने भएकाले होसियारीपूर्वक उम्मेदवार छनोट गर्नुपर्ने बताए। यद्यपि, अब हुने निर्वाचनमा युवा पुस्ताको वर्चस्व रहनेमा आफू विश्वस्त रहेको राईको भनाइ छ ।

हुन त पुनःसंरचनाको सीमाङ्कन, नामाङ्कनको स्पष्ट खाका नआई चुनाव हुने नहुने भन्ने निक्र्यौल हुन सकेको छैन।

वर्तमान सरकार हँदैसम्मको लचकता अपनाएर नयाँ संरचनामा चुनाव गराउने कसरतमा देखिन्छ । काँग्रेस–माओवादीको चुनाव गराउने अभिष्ट उत्कर्षमा देखिन्छ भने प्रमुख प्रतिपक्ष एमाले पनि चुनावको हतारोमा देखिन्छ।

सरकारले आगामी वैशाख ३१ गते स्थानीय तहको चुनाव गर्ने मिति तय गरेको छ । नयाँ संरचना अनुसार प्रत्येक गाउँ पालिकाको वडामा एक अध्यक्षसहित पाँचजना प्रतिनिधि निर्वाचित हुनेछन् । यसमा दुई महिला अनिवार्य हुनेछन्। यसलाई आधार मानेर हेर्दा प्रत्येक गाउँ पालिकामा कम्तीमा २५ जना प्रतिनिधि निर्वाचित हुने देखिन्छ।

गाउँ कार्यपालिकामा चार महिला र दुई दलितसहित छजना रहनेछन्। योसहित १८ जना गाउँ कार्यपालिकाको प्रतिनिधि निर्वाचित हुनेछन्। पालिकाको प्रमुख वा उपप्रमुखमध्ये एकजना महिला अनिवार्य निर्वाचित हुनेछन्।

खोटाङमा १३२ मतदान केन्द्र छन्। नयाँ संरचनामा चुनाव गर्दा मतदान केन्द्र पुनरावलोकन हुनसक्ने जिल्ला निर्वाचन अधिकृत दिनेश खत्रीले बताए। अधिकांश मतदान केन्द्र विद्यालयमा राखिएकाले निर्वाचनमा विद्यालय बन्द हुनेछन्।

जिल्लामा एकलाख १८ हजार जनाले मतदाता नामावलीमा नाम दर्ता गराएका छन् । यसमध्ये फागुन ९ गतेसम्म १८ वर्ष पुगेकाले मतदान गर्न पाउनेछन्।
२१ वर्ष पूरा भएका र सम्बन्धित पालिकामा मतदाता नामावलीमा नाम दर्ता भएका व्यक्ति उम्मेदवार हुन पाउनेछन् । रासस

salt training

कमेन्ट गर्नुहोस्