२७ जेठ २०८३, बुधबार

'हिच्की'बाट बलिउडमा कमब्याक हुँदै रानी मुखर्जी

कात्तिक २०, २०७४
 'हिच्की'बाट बलिउडमा कमब्याक हुँदै रानी मुखर्जी
एजेन्सी: लामो समयपछि नायिका रानी मुखर्जी बलिउड फिल्‍म उद्योगमा कमब्याक गर्ने भएकी छिन्। उनले मिहला प्रधान चलचित्र 'हिचकी'बाट कमब्याक हुन लागेकी भारतीय सञ्‍चार माध्यमले जनाएको छ। यसअघि रानीले सन् २०१४मा प्रदीप सरकारको फिल्‍म 'मर्दानी'मा फिल्‍म खेलेकी थिइन्।

यशराज ब्यानरमा बन्‍न लागेको फिल्‍म हिचकीको निर्देशन सिद्धार्थ पी मल्होत्राले गर्नेछन् भने निर्माणको जिम्‍मा मनीष शर्माले लिएका छन्। सामाजिक सञ्‍जाल इन्स्टाग्राममार्फत यशराज फिल्‍मले रानी कमब्याक हुने जानकारी दिएको छ।

पछिल्लो समय रानी मुखर्जीको बमब्याक हुने खबरले उनका प्रशंसकहरुले खुशी भएका छन्। यशराज फिल्‍मको उक्त पोस्ट अनुसार रानीले आफूले उत्साहित र चुनौती दुवै हुने खालको स्क्रिप्टको प्रतीक्षा गरिरहेको बताएकी छिन्।

salt training

कमेन्ट गर्नुहोस्