०४ असार २०८३, बिहीबार

१३ वर्षपछि पाल्पा दरबार पुनःनिर्माण सम्पन्‍न

कात्तिक २०, २०७४
१३ वर्षपछि पाल्पा दरबार पुनःनिर्माण सम्पन्‍न
पाल्पा, फागुन १७- १० वर्षे द्वन्द्वकालीन समयमा ध्वस्त भएको पाल्पा तानसेनको ऐतिहासिक दरबार पुनःनिर्माण हालै सम्पन्न भएको छ।

विसं १९८४ मा प्रताप शमशेरले निर्माण गरेको दरबार २०६२ माघ १८ गते तत्कालीन विद्रोही माओवादीको आक्रमणमा ध्वस्त भएको थियो।

तीन रोपनी दुई आना क्षेत्रफलमा बनेको तीनतले दरबारमा ४५ कोठा रहेका छन्। २०६२ साल माघ ३ गते यस दरबारलाई सरकारले पाल्पा सङ्ग्रहालयको रुपमा परिणत गरेको छ, तर राम्ररी सन्चालनमा आउन भने सकेको छैन।

शान्ति तथा पुनःनिर्माण मन्त्रालयको सहयोगमा रु छ करोड ३१ लाखको लागतमा दरबार पुनःनिर्माण सम्पन्न भएको हो।

salt training

कमेन्ट गर्नुहोस्