२६ जेठ २०८३, मंगलबार

सरकार ३ को पोस्टर सार्वजनिक, दमदार देखिँदैछन् अमिताभ र यामी

कात्तिक २०, २०७४
सरकार ३ को पोस्टर सार्वजनिक, दमदार देखिँदैछन् अमिताभ र यामी
काठमाडौं, १७ फागुन — राम गोपाल वर्मा बहुप्रतीक्षित फिल्म सरकार ३ को पोस्टर सार्वजनिक भएको छ । फिल्मको ट्यागलाइन एन्ग्रियर द्यान एभर (पहिलाभन्दा धेरै रिसाहा) राखिएको छ ।


यो ट्यागलाइन उपयुक्त नै देखिन्छ किनकि पोस्टरमा सबै प्रमुख कलाकारहरू अमिताभ बच्चन, यामी गौतम, ज्याकी श्राफ, मनोज वाजपेयीको अनुहार रिसाएको देखिन्छ ।

राम गोपाल वर्माको सरकार फ्यान्चाइजको तेस्रो शृंखला आउन लागेको हो । हलिउड फिल्म गडफादरबाट प्रभावित यो फिल्म सिरिजमा अभिताभ बच्चनको लीड भूमिका छ । मनोज वाजपेयी पनि इन्टेन्स रोलमा देखिनेछन् भने नन ग्ल्यामरस रूपमा अनु करकरेको भूमिकामा यामी गौतम देखिनेछिन् ।

एजेन्सीको सहयोगमा

salt training

कमेन्ट गर्नुहोस्