०९ असार २०८३, मंगलबार

गृहमन्त्रीलाई एमालेको जवाफ - हाम्रो लोकप्रीयताबाट नअत्तालिनुस्

कात्तिक २०, २०७४
गृहमन्त्रीलाई एमालेको जवाफ - हाम्रो लोकप्रीयताबाट नअत्तालिनुस्
काठमाडौं, १७ फागुन - नेकपा एमालेले गर्न लागेको मेची महाकाली अभियानको विषयमा गृहमन्त्री विमलेन्द्र निधिले उत्तेजक अभिव्यक्ति दिएको भन्दै एमालेले आपत्ती जनाएको छ । फागुन २१ गतेदेखि आयोजना गर्न लागेको मेची–महाकाली राष्ट्रिय अभियान विथोल्न आह्वान गर्दै निधिले दिएको अभिव्यक्तिमा आफूहरुको गम्भीर ध्यानआकर्षण भएको एमालेले जनाएको हो ।

एमाले प्रचार विभाग प्रमुख योगेश भट्टराईले एक विज्ञप्ती जारी गर्दै राष्ट्रिय एकता, स्वाभिमान, सद्भाव र संविधान कार्यान्वयनका लागि प्रमुख प्रतिपक्षी दलले आयोजना गर्न लागेको कार्यक्रम विथोल्नका लागि गृहमन्त्रीबाटै अभिव्यक्ति आउनु अत्यन्त खेदजनक र निन्दनीय भएको बताएका छन् ।

सरकारले घोषणा गरेको स्थानीय निर्वाचन सफल पार्न वातावरणसमेत तयार गर्ने मेची–महाकाली राष्ट्रिय अभियान भाँड्नका लागि मुलुकको शान्ति–सुरक्षाको नेतृत्व गरिरहेको जिम्मेवार व्यक्तिबाट आएको यस्तो अभिव्यक्तिको भत्सर्ना समेत एमालेले गरेको छ ।

अभियानलाई व्यवस्थित, अनुशासित र मर्यादित रुपमा सञ्चालन गर्ने गरी तयारी गरिरहेको बेला गृहमन्त्रीबाटै गैरजिम्मेवार र आपत्तिजजनक अभिव्यक्ति सार्वजनिक भएको एमालेको आरोप छ । कार्यक्रममा कुनै अवाञ्छित गतिविधि भएमा त्यसको सम्पूर्ण जिम्मेवारी गृहमन्त्री निधी र सरकारले लिनुपर्ने समेत एमालेले बताएको छ ।

एमालेले तराई–मधेसमा समेत निरन्तर रुपमा हासिल गरिरहेको लोकप्रियता र सफलताबाट अत्तालिएर त्यसरी अभिव्यक्ति नदिन, राजनीतिक कार्यक्रमको राजनीतिक रुपमा प्रतिस्पर्धा गर्न र स्थितिलाई भड्काउने खालका कुनै पनि हर्कत नगर्नका लागि समेत एमालेले आह्वान गरेको छ ।

salt training

कमेन्ट गर्नुहोस्