काठमाडौं, १७ फागुन- चिनियाँ टेलिकम कम्पनी
जेटीइले संसारकै पहिलो फाइभजी स्मार्टफोन सार्वजनिक गरेको छ। कम्पनीले बार्सिलोनामा भएको मोबाइल वर्ल्ड कंग्रेसमा स्मार्टफोनको पहिलो पटक सार्वजनिक गरेको हो।
कम्पनीका अनुसार यो स्मार्टफोनले प्रतिसेकेण्ड १ जीबी डाउनलोड गर्न सक्नेछ। यसले अहिलेको फोरजी सेवाभन्दा १० गुणा छिटो हो।

यो फोनबाट ३६० डिग्री प्यानोरोक भर्चुअल रियालीटी भिडियो तथा अल्ट्रा हाई-फाई म्यूज़िक भिडियो पनि तीव्र गतिमा सपोर्ट गर्ने जेटीइका प्रवक्ताले बताएका छन्।
उनले भनेका छन्, 'नयाँ डिभाइसका साथमा मानिस एकआपसमा अब फाइभजीमा रमाउनेछन्। फाइभजी टेक्नोलोजीको विकास र विस्तार गर्नु जेटीइको पहिलो प्राथमिकता हो'