१२ असार २०८३, शुक्रबार

राजधानीमा एकाबिहानै दुर्घटना, मोटरसाइकल चालकको मृत्यु

कात्तिक १३, २०७५
राजधानीमा एकाबिहानै  दुर्घटना, मोटरसाइकल चालकको मृत्यु

काठमाडाैं- काठमाडौंको खानी विभागस्थित सडकखण्डमा आज बिहान ६ बजे बा २ ख २०६८ नम्बरको माइक्रो बस र बा ६४ प ९२८४ नम्बरको मोटरसाइकल आपासमा ठोकिंदा मोटरसाइकल चालक, नवाकोटका प्रकाश तामाङ्गको मृत्यु भएको छ ।

गम्भीर घाइते उनकाे उपचारको क्रममा ट्रमा सेन्टरमा मृत्यु भएकाे प्रहरीले जनाएकाे छ । 

यस्तै माेटरसाइकलकाे पछाडी सवार सोर्खुट्टे बस्ने सुरज थापा घाइते भएको छन् ।

उनको सोही अस्पतालमा उपचार भैरहेको छ । दुर्घटनामा संलग्न सवारी साधन सहित माइक्रो चालकलाई महानगरीय प्रहरी वृत दरबारमार्गले नियन्त्रणमा लिएको छ ।

salt training

कमेन्ट गर्नुहोस्