
सुनसरी– जबरजस्तीकरणीको आरोपमा प्रहरीले धरान उप–महानगरपालिका १५ श्याम चोकका एक युवकलाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा वर्ष २५ का मनिष राई छन् । राईले धरान १५ महादेव चोक बस्ने वर्ष १६ की एक बालिकालाई ललाइफकाइ धरान ७ प्रदेश होटलमा लगेर गत आइतवार राति बलात्कार गरेको भनी बालिकाकी आमाले दिएको किटानी जाहेरीका आधारमा उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
राइलाई इलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी टोलीले पक्राउ गरी थप अनुसन्धान गरिरहेको छ ।