१७ असार २०८३, बुधबार

नेपाल र श्रीलंकाबीचको क्रिकेट जारी

कात्तिक २०, २०७४
नेपाल र श्रीलंकाबीचको क्रिकेट जारी

काठमाडौं,३० मंसिर–१९ वर्षमुनीको एशिया कप क्रिकेट अन्तर्गत पहिलो खेलमा नेपाल अहिले आयोजक श्रीलंकाविरुद्ध खेलिरहेको छ ।

कोलम्बोको एसीसी क्रिकेट मैदानमा जारी खेलमा टस जितेर नेपालले फिल्डिङ रोजेको छ ।
एकदिवसीय फम्र्याटमा जारी खेलको पहिलो ओभरमै नेपालले श्रीलंकाली ओपनर व्याट्सम्यान विश्जा चाथुरांगालाई आउट गरेको छ । उनलाई नेपाली बलर कमलसिंह ऐरीले आउट गराएका हुन् ।

नेपाली टीमका प्रशिक्षक विनोद दास रहेका छन् भने श्रीलंकाली टोलीका प्रशिक्षक पूर्व नेपाली प्रशिक्षक रोय लुक डायसको प्रशिक्षणमा रहेको छ ।

जारी प्रतियोगितामा नेपालको समूह चरणमा श्रीलंकासँगै भारत र मलेशियासँग प्रतिपर्धा गर्ने छ । समूहका शीर्ष दुई टोली अर्को चरणमा पुग्ने छन् । नेपालले सेमिफाइनल पुग्ने लक्ष्य लिएका प्रशिक्षक दासले बताएका छन् ।
लाइभ भिडियाे हेर्न यसमा थिच्नुहाेस्

salt training

कमेन्ट गर्नुहोस्