१० असार २०८३, बुधबार

रुसको युद्धपोत भयो क्षतिग्रस्त, सिरियामा विद्रोहीमाथि आक्रमण गर्न यसैबाट उडाइन्थ्यो विमान

कात्तिक १४, २०७५
रुसको युद्धपोत भयो क्षतिग्रस्त, सिरियामा विद्रोहीमाथि आक्रमण गर्न यसैबाट उडाइन्थ्यो विमान

काठमाडौं — रुसको एक मात्र युद्धपोत (एयरक्राफ्ट क्यारियर) मर्मत चल्दै गर्दा मंगलवार बिहान क्षतिग्रस्त भएको छ । युद्धपोतको भार थाम्ने फ्लोटिङ डोक डुब्न थाल्दा त्यो क्षतिग्रस्त भएको हो । 

एडमिरल कुजनेत्सोभ सिरियामा राष्ट्रपति बशर अल–असदको समर्थनमा रुसी सैन्य अभियान शुरूदेखि नै सक्रिय रहेको र यसबाट उड्ने विमानले विद्रोही सेनामाथि हवाई आक्रमण गरेको बताए । 

मुर्मान्स्कनजिक कोला बेको हिउँ जमेको पानीमा संसारको सबभन्दा ठूलो फ्लोटिङ डोकको मर्मत गरिँदै थियो र युद्धपोतलाई सन् २०२१ मा काममा लगाइनुपर्ने थियो । मुर्मान्स्कको गभर्नर मारिया कुवतुनले बयान जारी गरेर राहत कार्य
शुरू गरिएको र डोक डुब्न लाग्दा ७१ जनालाई बचाइएको बताए ।

डोक डुब्नुअघि युद्धपोतलाई सफलतापूर्वक त्यहाँबाट हटाइएको छ । अनुसन्धान अधिकारीहरूले यसको फौजदारी जाँचबुझ गर्ने बताउँदै सुरक्षा नियमको उल्लंघन भएको छ कि भनी हेर्ने बताए । घटनामा एकजना बेपत्ता भएको र
चारजनाको उपचार चलिरहेको उनीहरूको भनाइ छ । 

एजेन्सी
 

salt training

कमेन्ट गर्नुहोस्