२९ जेठ २०८३, शुक्रबार

अन्तरिक्षमा बच्चा पाउनका लागि यो संस्थाले खोजिरहेछ स्वयंसेवी

कात्तिक १४, २०७५
अन्तरिक्षमा बच्चा पाउनका लागि यो संस्थाले खोजिरहेछ स्वयंसेवी

काठमाडौं — अन्तरिक्षमा बच्चा जन्माउने विचार कुनै विज्ञानकथा जस्तो लाग्छ । तर वैज्ञानिकहरूका अनुसार, आगामी ६ वर्षमा यो सम्भव छ । 

स्पेसलाइफ ओरिजिनले सन् २०२४ सम्ममा अन्तरिक्षमा पहिलो बच्चा जन्माउने तयारी गरेको छ । संस्थाले यसका लागि स्वयंसेवी खोजिरहेको छ । 

डेली मिररको एक रिपोर्टअनुसार, स्पेसलाइफ ओरिजिन्सका संस्थापक र सीईओ कीज मल्डरले मानवजातिले बहुग्रहीय प्रजाति बनाउन चाहेमा अन्तरिक्षमा प्रजननका तरिकाहरू सिक्नुपर्ने बताए । 

संस्थाले अन्तरिक्ष भ्रूण इन्क्युबेटर बनाइरहेको छ जसलाई सन् २०२१ मा अण्डा र वीर्यका साथ पठाइनेछ । 

अण्डा र वीर्यको मेलबाट अन्तरिक्षमा भ्रूण विकसित हुनेछ । उनले यो प्रक्रियाका बारेमा बताएनन् । चार दिनपछि इन्क्युबेटर पृथ्वीमा फर्किनेछ र वास्तविक गर्भावस्था र प्रसवक्रिया यहाँ नै सम्पन्न हुनेछ । 

संस्थाका प्रवक्ताले २४ देखि ३६ घन्टामा एउटा मिसनमा पृथ्वीभन्दा २५० माइल माथि एक महिलाले बच्चा जन्माउने बताइन् । प्रसवका बेलामा महिलासँग तालिमप्राप्त तथा विश्वस्तरीय मेडिकल टीम पनि हुनेछ । उनीहरूले यस
प्रक्रियामा सबै सम्भावित खतराको सामना गर्नुपर्ने हुन्छ । 

तर यो प्रक्रिया निकै खर्चिलो हुँदैछ । संस्थाले स्पेसमा भ्रूणधारणका लागि ५० लाख डलरसम्म खर्च हुने जनाएको छ । बच्चै जनमाउन त झनै बढी खर्च लाग्ने सम्भावना रहन्छ । संस्था अहिले यसका लागि स्वयंसेवीको खोजीमा छ ।

एजेन्सी
 

salt training

कमेन्ट गर्नुहोस्