२५ जेठ २०८३, सोमबार

शनिवार काठमाडौंमा अन्तर विद्यालय फूटसल प्रतियोगिता

कात्तिक १४, २०७५
शनिवार काठमाडौंमा अन्तर विद्यालय फूटसल प्रतियोगिता
फाइल फोटो

काठमाडौं – नर्थ वेस्टन प्राइभेट स्कूल अर्गनाइजेसन (नोप्सो) को आयोजनामा आगामी शनिबार अन्तर विद्यालय फुटसल प्रतियोगिता हुने भएको छ । 

स्वयम्भू ठूलो भर्‍याङको बुद्धचोक फुटुल पार्कमा हुने प्रतियोगितामा उपत्यकाका १२ विद्यालयको सहभागिता रहने नोप्सोका अध्यक्ष दिलीप रेग्मीले जानकारी दिए । 

विद्यालयबीच भाइचारा र विद्यार्थीको प्रतिभा प्रस्फुटनका लागि आयोजना हुन लागेको फुटसल लिगकम नकआउटका आधारमा सञ्चालन हुनेछ ।

'विद्यार्थीबीचको सम्बन्ध सुधार तथा लुकेका प्रतिभा बाहिर ल्याउने प्रतियोगिताको मुख्य उद्देश्य हो', उनले भने ।

एक दिने प्रतियोगितामा सहभागी विद्यालयलाई दुई समूहमा विभाजन गरिने र समूहका शीर्ष दुई टोली सेमिफाइनलमा पुग्ने छन् । 

salt training

कमेन्ट गर्नुहोस्