
भारतीय फिल्म उद्योगका जल्दाबल्दा अभिनेता आमिर खान मिस्टर पर्फेक्सनिस्टका नामले चिनिन्छन् । उनका फिल्मले राम्रो व्यापार गर्ने गरेको छ । उनी बारे केही जानकारी भारतीय सञ्चारमाध्यमहरुमा पोष्ट भएका छन् जसलाई हामीले यहाँ प्रस्तुत गरेका छौ ।
१. १९७३ मा रिलिज भएको नासिर हुसैन निर्देशित ‘यादो कि बारात’ फिल्ममा आमिर खान बाल कलाकारको भूमिकामा छन् । यस फिल्ममा धर्मेन्द्र र जिनत अमानको मुख्य भूमिका छ ।
२. ‘कयामत से कयामत तक’ आमिर खान अभिनीत सुपरहिट फिल्म हो । यही फिल्ममार्फत आमिर मुख्य भूमिकामा जमेका हुन् । तर, उनले मुख्य भूमिकामा अभिनय गरेको पहिलो फिल्म १९८४ मा प्रदर्शनमा आएको ‘होली’ हो ।
३. ‘कयामत से कयामत तक’ सफल भएपछि आमिरको चर्चा आकासिएको थियो । तर, यसपछि उनले खेलेका झन्डै १० फिल्म असफल भए । ‘दिल’ अपवाद थियो । तर, धेरै चर्चा गरिएको ‘अन्दाज अपना अपना’ पनि असफल भयो ।
४. आमिर खानले १९८६ मा रिना दत्तसँग विवाह गरेका थिए । उनीहरूका दुई सन्तान छन् । सन् २००२ मा रिनासँग डिभोर्स गरेपछि आमिरले २००५ मा किरण रावसँग विवाह गरे । यो जोडीको एक छोरा छन् ।
५. आमिर खान सन् २०११ मा भारतका लागि युनिसेफका ब्रान्ड एम्बेसडर छनोट भएका थिए । सन् २०१४ मा उनी युनिसेफको दक्षिण एसिया क्षेत्रीय ब्रान्ड एम्बेसडर नियुक्त भए ।