१० असार २०८३, बुधबार

बाघ संरक्षणमा विदेशी नागरिकको चासो

कात्तिक १४, २०७५
बाघ संरक्षणमा विदेशी नागरिकको चासो

काठमाडौं –नेपालको बाघ बचाऊ अभियानमा तीनजना विदेशी नागरिकले सक्रियता देखाएका छन् । 

नेपालको हिमालय र तराई क्षेत्रमा रहेका प्राकृतिक सौन्दर्यलाई थप आकर्षण दिने जंगली जीवजन्तु बाघ,चितुवा र सिंह वातावरण प्रदुषण र मानवीय अतिक्रमणले जोखिममा पर्दै गएको भन्दै दक्षिण अफ्रिकाका गेसथ जेम्स लेगको नेतृत्वको टोलीले विश्वको सर्वोच्च शिखर सगरमाथाको आधार शिविरसम्म पुगेर ती जीवजन्तुको संरक्षणका लागि जनचेतना अभिवृद्धि गर्ने बुधवार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइयो । 

नेपालबाट शुरू गरिएको बाघ बचाऊ अभियानलाई विश्वभर लैजाने र विशेष गरी सञ्चार माध्यमबाट यस विषयमा सचेतना जगाउने जेम्सले बताए । उनले नेपाल विश्वकै एक उत्कृष्ट पर्यटकीय गन्तव्यस्थल रहेको भन्दै यी जीवजन्तु पर्यटकका लागि थप आकर्षण भएकाले यिनीहरुको लोप हुन दिनु नहुने धारणा राखे ।

सो टोलीले भोलिदेखि करिब दुई सातासम्म नेपालका विभिन्न स्थानमा जंगली जीवजन्तुको संरक्षणका गतिविधि गर्ने बताएको छ । 

कार्यक्रममा मकालु एडभेन्चर्सका निर्देशक मोहन लम्सालले नेपालको बाघ संरक्षणका लागि निजीक्षेत्रबाट पहिलो पटक प्रयास थालिएको र यसबाट नेपालको पर्यटन प्रवर्द्धनका लागि ठूलो सघाउ पुग्ने विश्वास व्यक्त गरे ।

सो टोलीले नुवाकोटको तारुकामा शिक्षा,स्वास्थ्य, खानेपानीको भौतिक पूर्वाधार विकास र वातावरण संरक्षणका लागिसमेत सहयोग गर्दै आएको जानकारी गराइयो ।

salt training

कमेन्ट गर्नुहोस्