
काठमाडौं — चिनियाँ चिकित्सकहरूले एकजना बिरामीको घोक्रोमा २० सेन्टीमिटर लामो चम्चा फेला पारेका छन् । अचम्मको कुरा त त्यो चम्चाले उक्त बिरामीलाई महिनौंसम्म कुनै समस्या दिएको थिएन ।
सामान्यतया घाँटीमा केही कुरा अड्किँदा एकदमै गाह्रो हुन्छ । तर झाङ नाम गरेका व्यक्तिले आफ्ना साथीहरूलाई देखाउनका लागि २० सेन्टीमिटर स्टीलको चम्चा निलिदिए । एक वर्षसम्म चम्चा घोक्रोमै अड्किँदा पनि उनलाई कुनै
समस्या भएन तर उनलाई एकजनाले छातीमा हानेपछि भने सासै फेर्न गाह्रो परेको थियो ।
शिनजियाङ कोल माइन जनरल हस्पिटलमा सास फेर्न गाह्रो भएर पीडाले छटपटाउँदै उनी भर्ना भएका थिए । एक्सरे गरी हेर्दा धातुको वस्तु उनको खाद्यनलीमा अड्किएको पाइयो ।
अक्टोबर २२ मा जटिल शल्यक्रियापछि बल्ल त्यसलाई हटाउन सकियो ।
एकजना चिकित्सकले यस्तो घटना कहिल्यै नदेखेको र अति नै छक्क परेको बताए ।
यी बिरामी भाग्यमानी रहेको किनकि खाद्यनली वा पेटमा सामान अड्किँदा जीवन नै खतरामा पर्न सक्ने अस्पतालले जानकारी दियो ।
एजेन्सी