२६ जेठ २०८३, मंगलबार

चीन र पाकिस्तानले बस सेवा शुरू गर्न खोज्दा भारतले जनायो आपत्ति

कात्तिक १५, २०७५
चीन र पाकिस्तानले बस सेवा शुरू गर्न खोज्दा भारतले जनायो आपत्ति

काठमाडौं — पाकिस्तान र चीनले एकअर्कासँग जोडिने गरी बस सेवा शुरू गर्न खोजेका छन् । यो बस चीन पाकिस्तान आर्थिक कोेरिडोर (सीपीईसी) भएर जानेछ । 

सीपीईसी पाकिस्तान अधीनस्थ कश्मीर हुँदै जान्छ । त्यसैले भारतले यसमा आपत्ति उठाएको छ । 

भारतको परराष्ट्र मन्त्रालयका प्रवक्ता रवीश कुमारले चीन र पाकिस्तानबीच शुरू हुने बस सेवाले भारतको सम्प्रभुता र क्षेत्रीय अखण्डताको उल्लंघन गर्ने बताए । रिपोर्टहरूका अनुसार, पाकिस्तानको लाहौरबाट चीनको काशगरसम्म १३ नोभेम्बरबाट बस सेवा शुरू हुनेछ । 

रवीशका अनुसार, ‘१९६३ को कथित चीन पाकिस्तान सीमा सम्झौता अवैध र अमान्य छ । भारतले यसलाई कहिले पनि मान्यता दिएन । पाकिस्तान अधीनस्थ कश्मीरबाट कुनै पनि बस सेवा भारतको सम्प्रभुताको उल्लंघन हो ।’

पाकिस्तानको ग्वादरदेखि चीनको काशगरसम्म लगभग पाँच् लाख करोड रुपैयाँको लगानीमा आर्थिक कोरिडोर निर्माण गरिँदैछ । यसमार्फत चीनले अरब सागरसम्म पहुँच पाउनेछ । सीपीईसीअन्तर्गत चीनले सडक, रेलमार्ग र ऊर्जा
प्रोजेक्टमा काम गरिरहेको छ ।

एजेन्सी

salt training

कमेन्ट गर्नुहोस्