०५ असार २०८३, शुक्रबार

यी पाँच चीजबाट जोगिनुहोस्, जसले घरलाई अशान्त बनाइदिन्छ

कात्तिक १५, २०७५
यी पाँच चीजबाट जोगिनुहोस्, जसले घरलाई अशान्त बनाइदिन्छ

वास्तुशास्त्रमा घरमा कुन कुन चीजहरु कहाँ कहाँ राख्ने बारे बताइएको छ, तर कहिलेकाहीँ घरको वास्तु नमिल्दा विभिन्न समस्याहरु आइपर्न सक्छन् । 
जसका कारण पनि घरमा भनेजस्तो नहुन सक्छ ।
 यी पाँच चीजहरुमा ध्यान दिएमा उन्नती तथा सफलताको बाधा हट्ने वास्तुविदहरुको विश्वास छ ।

१. हरियो विरुवा
गमलामा हरियो विरुवा तथा फूलहरु राख्ने चलन छ । तर, घरको दक्षिण–पश्चिम दिशामा हरियो विरुवा  राख्नाले परिवारका व्यक्तिको विवाहमा रोकावट हुनुका साथै विवाह भएता पनि झैझगडा हुने सम्भावना रहन्छ ।

२. सुकेको फूल
यदि घरमा हरियो फूल छ भने यसले फाईदा पुग्छ, तर फूल सुकेको वा ओईलाएको भए यसलाई तुरुन्त हटाईहाल्नु पर्छ, यसले घरमा बिरामी फैलाउँछ ।
३. घरको दक्षिण दिशामा फोटो
घर सजाउनका लागि कोठामा तस्विरहरु सजाउने गरिन्छ, तर दक्षिण दिशामा निलो रङ तथा पानीको फोटो लगाउनाले
परिवारको उन्नती तथा सम्मानमा हानी पु¥याउने मानिन्छ ।

४. घातुले बनेको ड्रागन
घरको पूर्वीदिशामा कहिले पनि धातुले बनेको ड्रागन राख्नु हुँदैन र शयन कक्षमा पनि यो शुभ मानिँदैन । यसले नकारात्मक असर पर्नुका साथै विभिन्न समस्याको सामना गर्नुपर्ने हुन्छ ।

५. कागतीको विरुवा

कागतीको विरुवालाई सौभाग्य र सम्पन्नताको प्रतिक मानिन्छ । धनसम्पति कमाउनका लागि आफ्नो बगैंचाको दक्षिण पूर्वमा दिशामा कागतिको विरुवा लगाउनुहोस् । अन्यत्र लगाउनाले यसले शुभ फल नदिन सक्ने बताईएको छ ।

salt training

कमेन्ट गर्नुहोस्