०३ असार २०८३, बुधबार

अष्ट्रेलियाले १०० को नोट बन्द गर्ने

कात्तिक २०, २०७४
अष्ट्रेलियाले १०० को नोट बन्द गर्ने
मेलबर्न, ३० मंसिर– भारतले नोटबन्दीको निर्णय गरेको केही समयपछि अष्ट्रेलियाले पनि सयको नोट बन्द गर्ने योजना बनाएका छन् ।


कालोधनलाई रोक्नको लागि अष्ट्रेलियाले सयको नोट बन्द गर्न लागेको हो । अष्ट्रेलियाका राजश्व तथा वित्तीय मन्त्री केलीओ ड्वायरले सय डलरको निश्चित सीमाभन्दा अधिक क्यास पेमेन्टमा निगरानी गर्ने बताइएको छ ।

सरकारको यस कदमबाट अरबौं डलरको कर चोरीलाई रोक्ने आशा गरिएको छ । सरकारको यस कदमबाट राजश्व नोक्शानी र राजश्वको नाममा घोटाला गर्ने गिरोह हतोत्साही हुने बताइएको छ ।

मन्त्रीले केलीओले २१ अर्ब डलरको क्यास इकोनोमीलाई रोक्न एक विशेष कार्यदलको गठन गरिएको बताएका छन् । ५ डलरको नोटको तुलनामा १०० डलरको नोट तीनगुणा बढी प्रचलनमा रहेकाभन्दै सय डलरको नोट बन्द गर्ने मन्त्री केलीओले जानकारी दिए ।

कालोधनसँग सम्बन्धीत सबै गतिविधिलाई रोक्न पहल भइरहेको मन्त्रीले बताए । यसअघि भारतमा पाँचसय र हजारको नोट बन्द गरिएको थियो । त्यसको केही लगतै भेनेजुयलाले पनि बढी रकमको नोट हटाउने घोषणा गरेका थिए । दक्षिण अमेरिकाले पनि सयको बाँबिलर नोटको प्रचलन हटाउने घोषणा गरिसकेका छन् । एजेन्सी

salt training

कमेन्ट गर्नुहोस्