०३ साउन २०८३, आइतबार

तेह्रथुम अस्पतालकाे स्तरोन्नति गरी ५० शय्याको बनाइने

कात्तिक १७, २०७५
तेह्रथुम अस्पतालकाे स्तरोन्नति गरी ५० शय्याको बनाइने

तेह्रथुम-तेह्रथुम अस्पताललाई आवश्यक पूर्वाधार र अत्याधुनिक उपकरणसहित सुविधायुक्त ५० शय्याको अस्पतालमा स्तरोन्नति गरिने भएको छ । नवनिर्मित स्वास्थ्य कार्यालय भवन उद्घाटनका क्रममा प्रदेश नं १ का सामाजिक विकासमन्त्री जीवन घिमिरेले उक्त अस्पताललाई स्तरोन्नति गरिने र यसका लागि चालु आर्थिक वर्षमै प्रदेश सरकारबाट रु एक करोड ३० लाख विनियोजन गरिएको बताउनुभयो । 

सङ्घीय संरचना अनुरुप प्रदेश नं १ सरकार मातहतमा तेह्रथुम र सङ्खुवासभा जिल्लालाई कार्य क्षेत्र बनाइ उक्त कार्यालय स्थापना भएको र यसले दुबै जिल्लाका स्थानीय तह र प्रदेश सरकारसँग समन्वय गरेर काम गर्ने भएको छ । 
कार्यालयले महामारी रोग निन्यत्रण तथा विगतमा जिल्ला जनस्वास्थ्य कार्यालयले गर्दै आएका केही महत्वपूर्ण कार्यसमेत गर्ने प्रदेश नं १ स्वास्थ्य निर्देशनालयका वरिष्ठ स्वास्थ्य निर्देशक सागर दाहालले जानकारी दिनुभयो । 

salt training

कमेन्ट गर्नुहोस्