१५ असार २०८३, सोमबार

पत्रकार खाशोज्जीको शवलाई टुक्रा पारेर तेजावमा डुबाइएको थियो

कात्तिक १७, २०७५
पत्रकार खाशोज्जीको शवलाई टुक्रा पारेर तेजावमा डुबाइएको थियो

काठमाडौं– टर्कीका वरिष्ठ अधिकारी यासिन आकतायले पत्रकार जमाल खाशोज्जीको शवलाई काटेर तेजावमा हालिएको बताएका छन् । 

आकतायका अनुसार यो एकमात्र तर्कपूर्ण निष्कर्ष हो कि जिसले खाशोज्जीको हत्या गरे उनीहरुले उनको शव सुराग मेटाउनका लागि यही रुपमा नष्ट गरेका हुनसक्छन्। 

तर अहिलेसम्म यस्तो कुनै प्रमाण फेला परेको छैन जसबाट खशोज्जीको शव तेजावमा राखिएको प्रमाणित हुन सकोस् । 

आकतायले हुर्रियत नामको पत्रिकालाई दिएको अन्तर्वार्तामा भनेका छन्,‘उनीहरुले खाशोज्जीको शवलाई टुक्रा पारेर तेजावमा यसकारण राखे होलान् कि उनको अवशेष सहिजै नष्ट गर्न सकियोस् । 

टर्कीका राष्ट्रपति रेचेप तैयप अर्दोआनले पहिलो पटक साउदी अरबको सरकारमाथि पत्रकार जमाल खाशोज्जीको हत्याको आरोप लगाएका हुन् । 
 
 

salt training

कमेन्ट गर्नुहोस्