०४ असार २०८३, बिहीबार

कांग्रेस नेता रामहरिले प्रस्ताव गरेपछि वामदेवले भने– म संसदमा आउँछु

कात्तिक १७, २०७५
कांग्रेस नेता रामहरिले प्रस्ताव गरेपछि वामदेवले भने– म संसदमा आउँछु

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टीका सचिवालय सदस्य वामदेव गौतमले तत्कालीन नेकपा एमाले र माओवादी केन्द्रले चुनावका बेला जनतामा लगेको घोषणा पत्र कार्यान्वय गर्न आफू संसदमा आउने बताएका छन् । 

घोषणापत्र बनाउने संयोजकलाई वेवास्ता गर्दा जनताका अपेक्षा पूरा हुन नसकेको उनको भनाइ थियो । गुरु लुइटेल स्मृति प्रतिष्ठानले शनिवार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा नेता गौतमले प्रतिनिधिसभाको बाँकी ४ वर्ष ४ महिनाको कार्यकाल भित्रमा आफू संसदमा आउने दाबी गरेका हुन् ।

२०६४ सालको संविधानसभा चुनावमा दुई ठाउँबाट पराजित माधवकुमार नेपाल संसदमा आएर प्रधामनन्त्री हुन हुने वामदेव कुन किन नहुने ? भन्दै प्रमुख प्रतिपक्षी दलन नेपाली कांग्रेसका पूर्व सांसद रामहरि खतिवडाले प्रश्न गरेपछि गौतमले आफू संसदमा आउने बताएका हुन् । गौतमले दुई तिहाइ मत भएकोे सरकारले जनअपेक्षा अनुसार काम गर्न नसकेको बताए ।  

ʻहामीले चुनावका बेला जनताका लागि तयार गरेको घोषणा पत्र कार्यान्वयनका लागि म संसदमा आउनु पर्छʼ गौतमले भने । 

यसअघि गौतमले काठमाडौं क्षेत्र नम्बर ७ बाट चुनाव लड्ने तयारी गरेपनि उनी पछि हटेका थिए । उनी उम्मेदवार बन्ने चर्चा चलेसँगै नेता तथा कार्यकर्ताले बिरोध गरेका थिए भने नेकपाभित्र नै विवाद सिर्जना भएको थियो जसका कारण वामदेव पछि हटेका थिए । 

कांग्रेस नेता खतिवडाले चुनाव हारेपनि वामदेवको चर्चा कायमै रहेको कार्यक्रममा बताए । 

खतिवडाले गुरु लुइटेलका हत्यारालाई कारवाही गर्न नेकपाको ध्यानाकर्षण गराए । ओखलढुङ्गाका शिक्षक गुरु लुइटेललाई तत्कालीन बिद्रोही माओवादीले २०६१ सालमा अपहरणपछि हत्या गरेको थियो । 
ʻकानूनी राज्यको कुरा गर्ने दुईतिहाइको सरकारलाई गुरु लुइटेलका हत्यारालाई कारवाही गर्न कसले रोक्यो ?ʼ खतिवडाले प्रश्न गरे ।
 

salt training

कमेन्ट गर्नुहोस्