२३ जेठ २०८३, शनिबार

करेन्ट लागेर बालकसहित दुईको मृत्युु

कात्तिक १७, २०७५
करेन्ट लागेर बालकसहित दुईको मृत्युु

लहान–सिरहाको छुट्टाछुट्टै स्थानमा करेन्ट लागेर एक बालकसहित दुईको मृत्यु भएको छ । 

करेन्ट लागेर आज सिरहाको धनगढीमाई नगरपालिका–१० निवासी सुरेन्द्र यादवका दुई वर्षीय छोरा नितिशकुमार यादवको मृत्युु भएको इलाका प्रहरी कार्यालय लहानले जनाएको छ । 

आफ्नै घरमा खेलिरहेका अवस्थामा मल्टिप्लकबाट करेन्ट लागेर घाइते भएका बालक उपचारका लागि धनगढीस्थित श्रमजीवी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । 

यसअघि गएराति करेन्ट लागेर सिरहाको गोलबजार नगरपालिका–७ चोहर्वा निवासी ४५ वर्षीय राजकुमार महतोको मृत्यु भएको थियो । 
आफ्नै घरमा रहेको मसला पिस्ने मिलमा करेन्ट लागेर सिकिस्त भएका महतोलाई उपचारका लागि लहानतर्फ ल्याउनेक्रममा बाटोमै मृत्यु भएको थियो । 
 

salt training

कमेन्ट गर्नुहोस्