काठमाडौं १७ फागुन –अन्र्तराष्ट्रिय क्रिकेट परिषद –आइसीसी) विश्व क्रिकेट लिग च्याम्पियनसीप अन्र्तगत फागुन २८ गते शनिबार र ३० गते सोमबार, नेपाल र केन्याबीचको खेलकोे टिकट विक्री तथा व्यवस्थापनका लागि आइसीसीले इसेवालाई नियुक्त गरेको छ ।
कीर्तिपुर स्थित टी.यु क्रिकेट मैदानमा हुने खेलको टिकटको मूल्य प्रति म्याच दुई सय रूपैयाँ तोकेको छ । सम्पूर्ण टिकट अनलाइनबाटै खरिद गर्न सकिने इसेवाले जनाएको छ । सुरक्षाको दृष्टिकोण र टिकट दुरुपयोग नहोस् भन्नका लागि हरेक टिकटमा दर्शकको नाम र सम्पर्क नम्बर अनिवार्य गरिएको छ । मैदानमा प्रवेशका लागि टिकटमा लेखिएको नाम प्रमाणित गर्ने परिचयपत्र अनिवार्य लिएर आउनुपर्ने व्यबस्था गरिएको आइसीसीले जनाएको छ ।