काठमाडौँ, १८ फागुन- निर्वाचन आयोगले बुधबारबाट निर्वाचन आचारसंहिता लागू हुने निर्णय गरेको छ । मंगलबार बसेको आयोग बैठकले निर्वाचन आचारसंहिता २०७२ र स्थानीय तह निर्वाचन आचारसंहिता २०७३ बुधबारदेखि लागू गर्ने निर्णय गरेको हो, आजको नयाँ पत्रिकामा खबर छ ।
कसलाई लाग्छ आचारसंहिता ?-नेपाल सरकार र सरकारका मन्त्री
-स्थानीय निकाय/तह
-स्थानीय निकाय/तहका कर्मचारी
-सार्वजनिक संस्थाका कार्यालय तथा कर्मचारी
-सरकारी तथा अर्धसरकारी संस्थाको कार्यालय तथा कर्मचारी
-नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाल तथा राष्ट्रिय अनुसन्धान विभाग तथा ती निकायमा कार्यरत सुरक्षाकर्मी
-निर्वाचनको काममा संलग्न कर्मचारी
-राजनीतिक दल तथा राजनीतिक दलको भ्रातृ संगठन
-उम्मेदवार तथा सम्बन्धित व्यक्ति
-सार्वजनिक पद धारण गरेको व्यक्ति
-पर्यवेक्षक
-सरकारी तथा निजी क्षेत्रका सञ्चारमाध्यम
-निजी तथा गैरसरकारी संस्था
-आयोगले तोकेका अन्य निकाय वा व्यक्ति
-नेपाल सरकारको अनुदानमा सञ्चालित विश्वविद्यालय वा सामुदायिक विद्यालयका शिक्षक वा कर्मचारी, सार्वजनिक पदधारण गरेको व्यक्ति