काठमाडौ, १८ फागुन- आतंकवादको चुनौतीलाई ध्यान दिँदै चिनियाँ सेनासँग हुने सैन्य अभ्यासको अन्तिम तयारी गर्न नेपाली सेनाको उच्च टोली मंगलबार चीन गएको खबर आजको अन्नपूर्ण पोस्टमा खबर छ |

सेनाको विशेष सुरक्षा बलका बाहिनीपति सहायकरथी झंकर कठायत नेतृत्वको टोली संयुक्त अभ्यासको मोडालिटीलाई अन्तिम स्वरूप दिन चीन गएको हो । टोलीमा युद्धभैरव गणका कमान्डेन्ट महासेनानी मदन केसी पनि सहभागी छन् ।
विश्वभर बढ्दो आतंकवादको चुनौतीलाई ध्यानमा राखेर पहिलोपटक सेनाले चिनियाँ जनमुक्ति सेनासँग संयुक्त सैन्य अभ्यास गर्न लागेको हो । अभ्यास चैत तेस्रो साता (मार्च महिनाभित्रै) गर्ने तयारी भइरहेको सैनिक स्रोतले उल्लेख गरेको छ ।