
काठमाडौं। नायक निखिल उप्रेती र नायिका शिल्पा पोखरेलले पहिलो पटक पर्दा शेयर गरेको चलचित्र ‘भिलेन’को फर्स्ट लुक पोस्टर सार्वजनिक गरिएको छ ।
सार्वजनिक पोष्टरमा निखिल मात्र अटाएका छन् । उनलाई भिलेन लुक्समा देखाइएको छ ।
कपिल खत्रीको प्रस्तुति, बल बहादुर श्रेष्ठको निर्माण रहेको ‘भिलेन’लाई देवेन्द्र पाण्डेले निर्देशन गरेका हुन् । चलचित्रमा निखिल र शिल्पासंगै निशा अधिकारी र कपिल खत्री मुख्य भूूमिकामा देखिँदैछन् ।
चलचित्र पौष २७ गतेदेखि प्रदर्शनमा आउने छ । मौनता श्रेष्ठको कथा रहेको चलचित्रमा बसन्त सापकोटा, लाल कुमार बराल र बाबुल गिरीको संगीत छ । शुक्रराज शाहको द्धन्द्ध रहेको चलचित्रमा दिपक श्रेष्ठ र दिपेन्द्र तिमल्सिनाको नृत्य निर्देशन रहेको छ । सौरभ लामा र मदन कायस्थ घिमिरेले खिचेको चलचित्रलाई साहिल खान र मिलन श्रेष्ठले सम्पादन गरेका हुन ।