२४ जेठ २०८३, आइतबार

जबर्जस्ती करणी गरेको आरोपमा पक्राउ

कात्तिक १९, २०७५
जबर्जस्ती करणी गरेको आरोपमा पक्राउ

चिप्लेढुङ्गा- पोखरा ढुङ्गेपाटनका ४३ वर्षीय मीनुराज घिमिरेलाई जबर्जस्ती करणीको आरोपमा प्रहरीले सोमबार पक्राउ गरेको छ । शनिबार सोही स्थान बस्ने एक महिलाको शयनकक्षमा गएर जबर्जस्ती गरेको आरोपमा उनलाई प्रहरीले पक्राउ गरेको हो । 

जिल्ला प्रहरी कार्यालय कास्कीले मौखिक उजूरीका आधारमा घिमिरेलाई पक्राउ गरिएको जनाएको छ । अभियुक्त घिमिरे मादी गाउँपालिका ५ मिजुरे घर भई ढुङ्गेपाटन बस्दै आएका थिए ।

salt training

कमेन्ट गर्नुहोस्