२६ जेठ २०८३, मंगलबार

लामो समय माइत बसेको भन्दै दुर्गाबहादुरले गरे श्रीमतीको हत्या

कात्तिक १९, २०७५
लामो समय माइत बसेको भन्दै दुर्गाबहादुरले गरे श्रीमतीको हत्या
प्रतिकात्मक तस्बिर

गुल्मी– गुल्मीको मदाने गाउँपालिकामा श्रीमतीको हत्या गर्ने व्यक्ति पक्राउ परेका छन् । श्रीमती सीताको हत्या गर्ने मदाने गाउँपालिका–६ का दुर्गाबहादुर नेपाली आइतबार पक्राउ परेका हुन् । कात्तिक १५ गते राति मान्छे नबस्ने स्थानीय राजकुमार थापाको खाली घरमा श्रीमतीलाई आफूले हानेर हत्या गरेको दुर्गाबहादुरले प्रहरीसामु बयान दिएको प्रहरीले जनाएको छ । 

तीजमा माइत गएकी श्रीमती लामो समयसम्म घरमा नआएको रिस र आफूले मादकपदार्थ सेवन गरेको झोंकमा श्रीमतीको हत्या गरेको स्वीकार गरेको प्रहरीले जनाएको छ । घटनापछि जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रमुख र इलाका प्रहरी कार्यालय पुर्कोट दहको प्रहरी टोलीले खोजतलास गर्दा शनिबार राति धाराचौर गहुँछरे जङ्गलमा लुकेर बसेको अवस्थामा फेला पारेको प्रहरी प्रमुख प्रहरी उपरीक्षक दीपककुमार बस्नेतले जानकारी दिए । 

दुर्गाबहादुरका तीन छोरा र एक छोरी रहेका छन् । श्रीमतीको हत्या गरेपछि यतिबेला ती बालबालिका बिचल्ली भएका छन् । उनीहरूको छिमेकी ओमबहादुर नेपालीले गाउँपालिकाको सहयोगमा संरक्षण गरेको गाउँपालिका प्रमुख दानबहादुर केसीले जानकारी दिए । 

salt training

कमेन्ट गर्नुहोस्