काठमाडौं — कोलम्बियामा बस्ने युडी पिनेडा नामक एक युवतीले एक कन्भेन्टमा आठ वर्षसम्म नन बन्ने तालिम लिएपनि २२ वर्षको उमेरमा पोर्नस्टार बनेकी छन् ।
पिनेडा सानै उमेरदेखि चर्चका लागि तयारी गरिरहेकी थिइन् । पछि उनले धर्मलाई त्यागेर एडल्ट फिल्मतिर लागिन् ।
पिनेडाले भनिन्, ‘म उरबामा हुँदा हाम्रो स्कूलमा नन आइन् र मलाई नन बन्नुपर्ला भन्ने लाग्यो । मैले नन बन्नका लागि तालिम लिन कन्भेन्ट प्रवेश गरें र आठ वर्षसम्म तालिम लिएँ । चर्च र यसको शिक्षासँग मेरो प्रेम बस्यो ।’
नेस्लेका लागि काम गर्न शुरू गर्दा पिनेडाको भेटघाट वेबक्याम मोडलका लागि जुआन बस्टोसँग भयो र त्यहाँ उनको करीयर पूरै बदलियो । ‘मलाई शुुरूमा त नराम्रो लाग्यो तर अहिले सहज अनुभव गर्छु । अहिले म चर्च जाँदा राम्रो
लाग्छ । म अहिले पनि शुक्रवार चर्चमा गएर प्रार्थना गर्छु र मानिसहरूसँग भेटघाट गर्छु,’ उनले भनिन् ।
एजेन्सी