२६ जेठ २०८३, मंगलबार

फुङमुचे नेपाली कागज उद्योग नेपालकै उत्कृष्ट

कात्तिक २०, २०७४
फुङमुचे नेपाली कागज उद्योग नेपालकै उत्कृष्ट


सोलुखुम्बु, १८ फागुन - सोलुखुम्बुको दूधकुण्ड नगरपालिका–१ मा सञ्चालित फुङमुचे नेपाली कागज उद्योग नेपालकै उत्कृष्ट नेपाली कागज उद्योगका रुपमा पुरस्कृत भएको छ ।

उद्योग विकास विभागले काठमाडौँमा आयोजना गरेको औद्योगिक प्रदर्शनीका क्रममा सो नेपाली कागज उद्योगका प्रोप्राइटर वाङछु शेर्पालाई रु २० हजारसहित उद्योगमन्त्री नवीन्द्रराज जोशीले पुरस्कृत गरेको जिल्ला घरेलु तथा साना उद्योग विकास समिति सोलुखुम्बुका उद्योग अधिकृत चेतनाथ घिमिरेले जानकारी दिए ।

अधिकृत घिमिरेका अनुसार शेर्पाले सञ्चालन गर्दै आएको उद्योगबाट उत्पादित गुणस्तरीय नेपाली कागज विदेशमा समेत निर्यात हुने गरेको छ ।

salt training

कमेन्ट गर्नुहोस्