काठमाडौं — अमेरिकाको टेक्ससमा बिहे भएको दुई घन्टाभित्र हेलिकप्टर दुर्घटना हुँदा दुलाहा, दुलही र पाइलटका मृत्यु भएको छ ।
विलियम बायलर र बेली बायलर टेक्ससको एक विश्वविद्यालयमा कार्यरत थिए । उनी २०६बी हेलिकप्टरबाट प्रीतिभोजमा भाग लिन गइरहेका थिए ।
विलियम परिवारको निजी हेलिकप्टर थियो त्यो । प्रीतिभोजको भेन्यु पुग्नुभन्दा केही किलोमिटर वरतिरै हेलिकप्टर दुर्घटनाग्रस्त भयो । टेक्ससको नेसनल ट्रान्सपोर्ट सेफ्टी बोर्डले दुर्घटनाको कारण पत्ता नलागेको बताए ।
बिहेपछि हेलिकप्टर उड्न लाग्दा अतिथिहरूले उक्त जोडीलाई मुस्कुराउँदै बिदा गरेका थिए । तर यसको केही समयपछि हेलिकप्टर एउटा सानो डाँडोमा ठोकियो । बिहेमा पुगेका एक पाहुना एरिक स्मिथले यसको जानकारी फेसबूकमा दिए ।
एजेन्सी