
काठमाडौं– काठमाडौंको टोखा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर भएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले टोखा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद सुवेदीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको हो । सुवेदी पूर्वाधार विकास योजना कार्यक्रमअन्तर्गत नव सिर्जना टोल सुधार उपभोक्ता समाजलाई बाटो ढलानको लागि छुट्याइएको रकमको अन्तिम बिल भुक्तानीका लागि १ लाख घुस लिएको अवस्थामा पक्राउ परेका थिए ।