२९ जेठ २०८३, शुक्रबार

कैद छुटको माग गर्दै सर्वोच्च पुगे चार्ल्स सोभराज, सरकारलाई कारण पेश गर्न आदेश

कात्तिक २०, २०७५
कैद छुटको माग गर्दै सर्वोच्च पुगे चार्ल्स सोभराज, सरकारलाई कारण पेश गर्न आदेश

काठमाडौँ– सर्वोच्च अदालतले सिरियल किलर (अन्तर्राष्ट्रिय कुख्यात अपराधी) चार्ल्स शोभराजलाई सजाय छुट नदिनुको लिखित कारण १५ दिनभित्र पेश गर्न आदेश जारी गरेको छ । 

न्यायाधीश चोलेन्द्रशम्शेर जवराको एकल इजलासले म‌ंगलवार छुट नहुनुको कारण लिखित रुपमा पेश गर्न सरकारसँग कारण देखाऊ आदेश जारी गरेको हो । अधिवक्ता शकुन्तला थापाले शोभराजको उमेर ७५ वर्ष पुगिसकेको हुनाले सहुतिलय दिन माग गर्दै सोमबार सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको निवेदन दर्ता गरेकी थिइन् । 

नेपालको संविधान, कारागार नियमावली, सजाय माफी मुल्तवी, परिवर्तनसम्बन्धी कार्यविधि, ज्येष्ठ नागरिक ऐन र सर्वोच्च अदालतकै विगतका नजिरका आधारमा छुट पाउनुपर्ने माग निवेदनमा गरिएको छ ।

यसअघि सर्वोच्च अदाललते ७५ वर्ष पूरा भएपछि विदेशी नागरिकको हकमा पनि छुट दिन सकिने आदेश जारी गरेको थियो । सोही आदेशअनुसार शोभराजले पनि छुट पाउनुपर्ने माग गरिएको छ । शोभराजले २०६० असोज २ देखि २०८० असोज १ गतेसम्म २० वर्ष कैद भुक्तान गर्नुपर्नेमा १५ वर्ष भुक्तान गरेको निवेदनमा उल्लेख छ । 

salt training

कमेन्ट गर्नुहोस्