काठमाडौं, ३० मंसिर — अस्ट्रेलियाको सिड्नीमा सन् १८६८ मा बनेको तापक्रमको कीर्तिमान मंगलवार राति तोडिएको छ । रातभरिको तापमान २७ सेल्सियसभन्दा माथि रह्यो ।

त्यतिखेर सिड्नीमा न्यूनतम तापक्रम २६.३ सेल्सियस थियो र १४८ वर्षसम्म यो कीर्तिमान कायम रह्यो ।
तर मंगलवार राति न्यूनतम तापक्रम २७.१ सेल्सियस रह्यो ।
मंगलवार वर्षकै दोस्रो गर्मी रात रहेको मौसम विभागका प्रवक्ताले बताए ।
सिड्नीमा असाधारण रूपमा डिसेम्बर महिनामा दिनरात नै उच्च तापक्रम रह्यो ।
सिड्नीमा लू नै चाहिँ लागेको छैन । लूको घोषणा गर्नका लागि तीन दिनको गर्मी हेर्नुपर्ने हुन्छ ।
तर बुधवार बेलुकासम्ममा चिसो हावा लागेर पानी प-यो अनि समुद्री वायु चलेकाले तापमान २१ सेल्सियसमा झ-यो ।
बिहीवार भने अधिकतम तापमान २१ सेल्सियस रहने बताइएको छ ।
अल जजीरा