१० असार २०८३, बुधबार

राप्रपा अध्यक्ष थापा र राप्रपा राष्ट्रवादीका अध्यक्ष लोहनीबीच भेटवार्ता, पार्टी एकताबारे छलफल

कात्तिक २१, २०७५
राप्रपा अध्यक्ष थापा र राप्रपा राष्ट्रवादीका अध्यक्ष लोहनीबीच भेटवार्ता, पार्टी एकताबारे छलफल

काठमाडौं– पार्टी एकताका लागि छलफलमा रहेका राप्रपा अध्यक्ष कमल थापा र एकीकृत राप्रपा राष्ट्रवादीका अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीबीच भेटवार्ता भएको छ । 

भेटवार्तामा बलियो राष्ट्रवादी शक्ति बनाउनका लागि पार्टी एकता गरेर अघि बढ्ने विषयमा कुराकानी भएको राप्रपाका प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले जानकारी दिए । दुई अध्यक्ष बीचको वार्ता सकारात्मक रहेको श्रेष्ठले बताए ।

समान विचारधारा भएका दलहरूका बीचमा एकता र सहकार्य गर्ने नीति अनुसार राप्रपा, राप्रपा (प्रजातान्त्रिक) र एकीकृत राप्रपा (राष्ट्रवादी) तीनवटै दलका बीच बलियो राष्ट्रवादी शक्ति निर्माणका लागि एकता गर्न भन्दै पूर्व पञ्चहरुको पार्टीहरुबीच एकताको प्रयास भइरहेको छ । 

पार्टी एकताको लागि राप्रपा अध्यक्ष कमल थापा र राप्रपा(प्रजातान्त्रिक) का अध्यक्ष पशुपतिशमशेर जबरा बीच हिजो (मंगलबार) वार्ता भएको थियो । 

राप्रपा मुलुकमा बहुदलीय प्रजातन्त्रको स्थापना भएपछि २०४७ साल जेठ १५ गते स्थापना भएको पार्टी हो । तत्कालीन समयमा परिवर्तित राजनीतिक प्रणालीमा देशलाई एउटा वैकल्पिक शक्ति स्थापना गर्न पञ्चायत पृष्ठभूमिमा बसेर राजनीति गरेका नेताहरुको सहभागितामा नयाँ धारका रुपमा सो दल स्थापना भएको थियो । 

पछिल्लो पटक राप्रपा नेपाल र राप्रपाको एकीकरण हुँदा राप्रपा तात्कालिन प्रधानमन्त्री पुष्पकमल दाहाल नेतृत्वको सरकारमा सहभागी थियो । पार्टी नेतृत्वले एकता अधिवेशनमा गरेका प्रतिबद्धता विपरीत नेतृत्व व्यक्तिगत स्वार्थमा केन्द्रित भएको र अध्यक्ष थापा अवसरवादी बन्दै सरकारमा सामेल भएको भन्दै चौँथो दिनमै वरिष्ठ नेता लोहनीले पार्टी परित्याग गरेपछि समस्या बढ्दै गएको थियो । 

लोहनीले पूर्व मन्त्री केशर विष्टसंग सहकार्य गरी २०७३ मंसिर १७ मा एकिकृत राप्रपा राष्ट्रवादी गठन गरी अध्यक्ष बनेका छन् ।

स्थानीय तहको चुनावपछि राणाको समूह पनि संस्थापन राप्रपाबाट फुटेर गत साउन २४ मा राप्रपा प्रजातान्त्रिक गठन गरी अध्यक्ष बनेका छन् । 

salt training

कमेन्ट गर्नुहोस्