०४ असार २०८३, बिहीबार

ट्रम्पले अमेरिकी कंग्रेसमा गरे पहिलो सम्बोधन, के के भने ?

कात्तिक २०, २०७४
ट्रम्पले अमेरिकी कंग्रेसमा गरे पहिलो सम्बोधन, के के भने ?
काठमाडौं, १८ फागुन — अमेरिकी कंग्रेसमा पहिलो सम्बोधन गर्ने क्रममा अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकीपनाको पुनर्जीवनको प्रतिज्ञा गरे ।


‘असम्भव ठानिएका सपनाहरूलाई हाम्रो मुट्ठीमा पार्नका लागि आशावादले नयाँ गति दिएको छ,’ ट्रम्पले भने, ‘अब अमेरिकी महानताको नयाँ अध्याय शुरु भएको छ ।’

ट्रम्पले अमेरिकामा हालै यहुदीहरूको चिहानमा गरिएको आक्रमण र कान्सासमा एक भारतीय नागरिकको हत्याको भर्त्सना पनि गरे ।

स्थानीय समयअनुसार मंगलवार राति एक घन्टाको भाषणका क्रममा ट्रम्पले ‘सबैखाले घृणा र खराबीलाई निन्दा गर्न हाम्रो देश एकताबद्ध छ’ भने ।

उनले पराप्रशान्तीय साझेदारी नामक व्यापारिक समझदारीबाट अमेरिकालाई झिकेको अनि अमेरिका र मेक्सिकोको सिमानामा पर्खाल बनाउन शुरु गर्न लागेकोलाई आफ्ना ठूला उपलब्धिका रूपमा प्रस्तुत गरे ।

ट्रम्पले वास्तविक र सकारात्मक आप्रवासन सुधार सम्भव रहेको बताउँदै आप्रवासनका सम्बन्धमा नीतिगत परिवर्तनको संकेत पनि गरे ।

यसअघि ह्वाइट हाउसमा समाचारवाचकहरूलाई उनले अफ द रेकर्डका रूपमा कागजातविहीन आप्रवासीलाई वैध हैसियत दिनमा आफू खुल्ला रहेको बताएका थिए ।

तर सम्बोधनका क्रममा भने ट्रम्पले आप्रवासनको विषयमा कडा कुरा राख्दै भने, ‘आप्रवासन कानूनलाई लागू गरेर हामीहरू न्यूनतम ज्याला बढाउनेछौं, बेरोजगारलाई सहायता गर्नेछौं, अर्बौं डलर बचाउनेछौं र हाम्रा समुदायलाई सबैका लागि सुरक्षित बनाउनेछौं ।’

बीबीसीबाट

salt training

कमेन्ट गर्नुहोस्