
काठमाडौं — अमेरिकामा मंगलवार सम्पन्न मध्यावधि निर्वाचनमा विपक्षी डेमोक्रेट पार्टीले तल्लो सदन हाउस अफ रिप्रेजेन्टेटिभ्समा बहुमत प्राप्त गरेको छ ।
कुल ४३५ सीटका लागि भएको मतदानमा डेमोक्रेट पार्टीले पछिल्लो मतगणना हुँदासम्म २१९ सीट ल्याइसकेको छ । बहुमतका लागि २१८ सीट आवश्यक हुन्छ ।
माथिल्लो सदन सिनेटमा भने ट्रम्पको रिपब्लिकन पार्टीले बहुमत ल्याएको छ ।
डेमोक्रेटहरूको यो जीतले उनीहरूलाई हाउसमा नियन्त्रण कायम गर्न सफल बनाएको छ र अब उनीहरू ट्रम्पका एजेन्डाहरूलाई रोक्न अनि उनीविरुद्धका अनुसन्धान अघि बढाउन सक्ने भएका छन् ।
यो निर्वाचन ट्रम्प शासनको जनमतसंग्रहका रूपमा आएको छ अनि रिपब्लिकनहरूले वाशिङटनमा निरपेक्षा सत्ता चलाउन हुन्छ कि हुँदैन भन्ने विषयमा जान्नका लागि आएको छ ।
आठ वर्षसम्म रिपब्लिकनहरूको कब्जामा रहेको हाउस अब डेमोक्रेटहरूको नियन्त्रणमा गएको छ ।
एजेन्सी