०६ साउन २०८३, बुधबार

एनटीसीको मोबाइलमा समस्या, कम्पनीले बतायो यस्तो कारण

कात्तिक २१, २०७५
एनटीसीको मोबाइलमा समस्या, कम्पनीले बतायो यस्तो कारण

काठमाडौं– बुधवार (आज) नेपाल टेलिकमको जीएसएम टेलिफोनको भ्वाइस सेवामा समस्या देखिएको छ । 

बुधवार विहान १०ः१५ बजेदेखि केही समयसम्म एनटीसीको भ्वाइस सेवामा समस्या देखिएको हो । नेपाल टेलिकमले प्राविधिक समस्याका कारण भ्वाइस सेवामा केही अवरोध देखा परेको जनाएको छ । 

बुधवार विहान एनटीसीको नेटवर्क नलाग्ने तथा फोन लागेपनि बीच बीचमा आफैं कट हुने समस्या देखा परेको थियो । 

नेपाल टेलिकमले उक्त समस्याको समाधान भइसकेको जनाएको छ । आगामी दिनमा यस्ता समस्या आउन नदिन सजग रहेको पनि नेपाल टेलिकमले प्रतिवद्धता जनाएको छ । 


 

कमेन्ट गर्नुहोस्