०९ असार २०८३, मंगलबार

अजिंगरसँग सुत्छिन् यी महिला, पछि के भयो ?

कात्तिक २०, २०७४
अजिंगरसँग सुत्छिन् यी महिला, पछि के भयो ?
काठमाडौं, १८ फागुन — मानिसहरू आफूले पालेको जनावरलाई एकदमै माया गर्छन् । घरमा सँगै राखेर खुवाउँछन्, पियाउँछन् । तर अजिंगर पालेर त्यसलाई माया गर्ने चाहिँ विरलै सुन्न पाइन्छ ।


एकजना महिला चाहिँ अजिंगरलाई आफूसँग बेडमा सुताउने र माया गर्ने गर्छिन् । एकदिन चाहिँ अचानक अजिंगरले खानपिउन छोडिदियो । महिलाले उसलाई खुवाउन धेरै कोशिश गन् ि। भेडा, बाख्रा लगायतका जनावरको मासु दिइन् । तर उसले छुँदै छोएन ।

त्यसपछि आत्तिएर उनी अजिंगरलाई लिएर पशुचिकित्सककहाँ पुगिन् । चिकित्सकले अजिंगरलाई जाँचे अनि महिलासँग प्रश्न गरे । त्यसपछि चिकित्सकले गरेको खुलासाले महिला तीनछक्क परिन् ।

चिकित्सकले उनलाई अजिंगरको पेटको आकार बढ्दै गएको र उसले कुनै ठूलो कुरा निल्न आफूलाई तयार पारिरहेको बताए । ‘तिमीलाई नै निल्नका लागि अजिंगरले पेट बढाइरहेको छ,’ चिकित्सकले भने ।

चिकित्सकका अनुसार अजिंगर धेरै दिनसम्म भोकै बस्न सक्छ ।

महिलाले अजिंगरसँग सुतेको फोटो भाइरल भएको छ ।

एजेन्सीको सहयोगमा

salt training

कमेन्ट गर्नुहोस्