१६ असार २०८३, मंगलबार

पानीका लागि घण्टौँ समय खर्चिने सिलुवाबासीका घरघरमा धारा

कात्तिक २२, २०७५
पानीका लागि घण्टौँ समय खर्चिने सिलुवाबासीका घरघरमा धारा

पाल्पा-बिहान उज्यालो हुन नपाउँदै डोकोमा गाग्री बोकी घण्टौँ समय लगाएर खानेपानी बोक्दै आएका सिलुवा माथिल्लोथरका बासिन्दा अहिले घरघरमा खानेपानी सुविधा पुगेपछि दङ्ग छन् । 

वर्षौंदेखि खानेपानीको निकै कष्ट भोग्न बाध्य पूर्वखोला गाउँपालिका–१ स्थित उक्त स्थानका बासिन्दालाई बिहान उठेपछि अरु कामकाजभन्दा खानेपानीको जोहो गर्नुपर्दा निकै पिरलो हुन्थ्यो तर अहिले घरघरमा जडान गरिएका धारामा पानी आएको देख्दा उनीहरू दङ्ग भएका हुन् । 

खानेपानीका लागि निकै समस्या झेल्दै आएका उनीहरूको अथक प्रयास र मेहनतपछि खानेपानी तथा सरसफाइ कार्यालयको आर्थिक तथा प्राविधिक सहयोगमा जाम्दी कोटथर लिफ्टिङ खानेपानी आयोजनामार्फत गाउँका सबै घरघरमा खानेपानीको सुविधा पुर्याइएको छ । 

बिहान झिसमिसेमै गाग्री बोकेर पानी खोज्न निकै दौडधुप गर्नुपथ्यो अहिले त्यो समस्या हटेको स्थानीयवासी प्रेमकुमारी हिस्की बताउनुहुन्छ । “बिहान उठ्यो कि सबैभन्दा पहिला पानीकै जोहो गर्नुपर्ने बाध्यता हुन्थ्यो, अहिले त घरमै धारा जडान छ, जतिबेला पनि पानी आइरहन्छ, पानी बोक्नमै घण्टौँ समय खर्चनुपथ्र्याे तर अहिले त्यो समय अन्यत्र कामकाजमा लगाउन पाएका छौँ ”, उहाँ भन्नुहुन्छ । 

उक्त आयोजनामार्फत यहाँका ६० घरधुरीमा गाउँदेखि झण्डै चार हजार मिटर तलबाट लिफ्टिङ गरी पानी वितरण गरिएको छ । सो आयोजनाका लागि २० घनमिटरको दुई वटा ट्याङ्की निर्माण गरी ४९ वटा धारा घरघरमा जडान भइसकेको छ । 

नेपाल सरकारको रु ४२ लाख अनुदान र स्थानीयवासीको जनश्रमदान रु ११ लाख गरी रू ५३ लाख बराबरको लागतमा सो आयोजना सम्पन्न भएको संयोजक मानबहादुर बयम्बु बताउनुहुन्छ ।

salt training

कमेन्ट गर्नुहोस्