१० असार २०८३, बुधबार

दर्दनाक दीपावली, तीन वर्षीया बालिकाको मुखभित्र पड्काइयो पटाका

कात्तिक २२, २०७५
दर्दनाक दीपावली, तीन वर्षीया बालिकाको मुखभित्र पड्काइयो पटाका
फाइल तस्बिर

नयाँ दिल्ली– हिन्दूहरुको महान पर्व दीपावलीले सबैलाई सत्कर्मतर्फ डोर्याउने पर्वका रुपमा लिइन्छ । तिहारले सबैमा भाइचाराको सम्बन्ध विकास गर्ने विश्वास पनि लिइन्छ । 

तर, भारतीय राज्य उत्तर प्रदेशको मेरठ जिल्लामा भएको एक घटनाले दीपावली पर्वकै महत्व घटाइदिएको छ । मंगलवार मेरठमा एक युवकले ३ वर्षीया बालिकाको मुखभित्र पटाका पड्काइदिएको घटना सार्वजनिक भएको छ । 

मुखभित्र पटाका पड्काउँदा ३ वर्षीया बालिकाको जिब्रो नै काटिएको छ । गला फुटेका छन्, भने उनको अवस्था गम्भीर रहेको जनाइको छ । 

घटनालगत्तै बालिकालाई अस्पताल पुर्याइएको थियो । तर, मुखभित्र पटाका बिस्पफोट हुँदा उनको जिब्रो काटिएको छ । उनको मुखभरी पटाकाको धुलो जमेको छ । 

चिकित्सकका अनुसार बालिकाको मुखभित्र घाउ नै घाउ भएको छ । गला फुट्दा ५० वटा टाँका लगाउनुपरेको चिकित्सकहरुले बताएका छन् । 

स्थानीय प्रहरीले युवकविरुद्ध उजुरी दर्ता गरेर खोजी शुरु गरेको जनाएको छ । बालिकाका बुवाले प्रहरीमा दर्ता गराएका उजुरीमा युवकको नाम हरपाल उल्लेख गरेका छन् । 

बालिकको बुवाका अनुसार बालिका आफ्नै घरका बाहिर आँगनमा खेलिरहेकी थिइन् । हरपाल आए र बालिकाको मुखमा सुतली बम राखे । बाहिरबाट आटो लगाइदिएपछि सुतली बम बालिकाको मुखभित्र फुटेको प्रत्थक्षदर्शीको भनाइ छ  । 

salt training

कमेन्ट गर्नुहोस्