२५ जेठ २०८३, सोमबार

अमेरिकाको क्यालिफोर्नियास्थित बारमा अन्धाधुन्ध गोली प्रहार, प्रहरीसहित १२ को मृत्यु

कात्तिक २२, २०७५
अमेरिकाको क्यालिफोर्नियास्थित बारमा अन्धाधुन्ध गोली प्रहार, प्रहरीसहित १२ को मृत्यु

काठमाडौं– संयुक्त राज्य अमेरिकाको क्यालिफोर्नियास्थित एक बारमा बन्दुकधारीले अन्धाधुन्ध गोली प्रहार गर्दा १२ जनाको ज्यान गएको छ । मृत्यु हुनेमा एकजना प्रहरी अधिकारी समेत भएको जनाइएको छ । 

स्थानीय समअनुसार बुधवार २३ः२० बजे बारमा गोली चलेको थियो । लस एन्जल्सभन्दा ६५ किलोमिटर उत्तर–पश्चिममा रहेको बारमा गोली चलेको हो । 

म्युजिक पार्टी चलिरहेकाे बारमा २०० जनाजति रहेको जनाइको छ । बन्दुकधारीको भित्रै मृत्यु भइसकेको जनाइएको छ । उनको पहिचान भने हुन नसकेको स्थानीय अधिकारीलाई उदृत गर्दै बीबीसीले उल्लेख गरेको छ । ती बन्दुकधारीले गाेली चलाउनुकाे कारण पनि खुल्न नसकेकाे अधिकारीहरुले जनाएका छन् । 
 

salt training

कमेन्ट गर्नुहोस्