१० असार २०८३, बुधबार

कैदीबन्दीले टीका लगाउने समय तोकियो

कात्तिक २२, २०७५
कैदीबन्दीले टीका लगाउने समय तोकियो


बझाङ– बझाङ जिल्ला कारागारमा रहेका कैदीबन्दीका लागि भाइटीकाको दिन टीका लगाउने तथा आफन्त भेट्ने निश्चित समय तोकिएको छ ।
 कैदीबन्दीले टीकाको दिन बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म आफन्तजन भेटघाट तथा टीका ग्रहण गर्न पाउनेछन् । 

४२ कैदी र ११ थुनुवा गरेर ५३ कैदीबन्दी रहेको जिल्ला कारागारमा सात घण्टा भेटघाटको समय दिइएको जिल्ला कारागारका प्रहरी प्रमुख भरत विकले बताए । 


जम्मा २५ कैदीबन्दीको क्षमता रहेको जिल्ला कारागारमा हाल ५३ जनाले कष्टकर जीवन बिताउँदै आएका छन् । खानेपानी, चर्पी र ढल निकासको समेत राम्रो व्यवस्था छैन । विसं २०४० मा निर्माण गरिएको कारागार भवन निकै जीर्ण अवस्थामा छ । 

यसअघि गत जेठ १२ गते लगातार तीन दिनसम्म परेको वर्षाका कारण जीर्ण जिल्ला कारागारको १५ मिटर घेरबार भत्किँदा कारागारमा रहेका कैदी तर्सिएका थिए । 
सुत्ने ठाउँ नभएर आलोपालो गरी राति सुत्ने गरेका छन् । जस्ताले छाएको भवनको चारैतिर प्वालनै प्वाल छन् । हिउँदयाम शुरु भइसकेकाले चिसोका कारण निकै असहज हुने गरेको कैदीहरुको गुनसो छ । 
 

salt training

कमेन्ट गर्नुहोस्