०४ असार २०८३, बिहीबार

तीन राप्रपाबीच एक महिनाभित्रै एकता : अध्यक्षमा कुरा मिल्यो, बोक्सी आरोपमा फेरि कुटिइन् राधा

कात्तिक २३, २०७५
तीन राप्रपाबीच एक महिनाभित्रै एकता : अध्यक्षमा कुरा मिल्यो, बोक्सी आरोपमा फेरि कुटिइन् राधा

काडमाडौं– यमपञ्चक अर्थात् तिहारको पाँचौँ दिन आज भाइटीका पर्व दिदीबहिनीले आफ्ना दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्दै परम्पराअनुसार पञ्चरङ्गी वा सप्तरङ्गी टीका लगाई मनाइँदैछ ।

दिदीबहिनीले दाजुभाइलाई टीका लगाएपछि दाजुभाइले पनि दिदीबहिनीलाई टीका लगाउने गरिन्छ । दिदीबहिनीलाई पूजा गर्नाले अखण्ड सौभाग्य र ऐश्वर्य प्राप्त हुने शास्त्रीय मान्यता रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमले जानकारी दिए । 

“भाइटीकाको टीका आज दिनभर लगाउन कुनै बाधा नभए पनि साइत खोज्नेका लागि बिहान ११ बजेर ५५ मिनेटको समय उत्तम छ, भाइटीका लगाउन मध्याह्नको समय हुनुपर्ने भएकाले यो समय निकालिएको हो”, उनले भने । लक्ष्मी पूजाका दिन स्थापना गरिएको दियो, कलश र गणेशको पूजा गरी मूल थालीमा लेखिएको अष्टदलमा मार्कण्डेय, अश्वत्थामा, बलि, व्यास, हनुमान, विभीषण, कृपाचार्य र परशुराम गरी अष्ट चिरञ्जीवी, चित्रगुप्त, यमराज, यमुना र धर्मराज, गणपत्यादि वनस्पत्यन्त देवताको समेत पूजाआजा गरी दिदीबहिनीले दाजुभाइलाई तेलको धाराले छेकेर परम्पराअनुसार सप्तरङ्गी वा पञ्चरङ्गी टीका, मखमली, सयपत्री र गोदावरीलगायतका फूलका माला लगाइदिने गरिन्छ ।

तीन राप्रपाबीच एक महिनाभित्रै एकताः अध्यक्षमा कुरा मिल्यो
काठमाडौं– राप्रपा धारका तीन दलले एकताको तयारी गरेका छन् । कमल थापा, पशुपति संशेर राणा र डा. प्रकाशचन्द्र लोहनी नेतृत्वको राप्रपाबीच एकताको तयारीस्वरुप विभिन्न चरणमा वार्ता पनि भएका छन् । 
एकीकृत राप्रपा (राष्ट्रवादी)का अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले तीनवटै राप्रपाबीचको एकता प्रक्रियाको काम ९० प्रतिशत सम्पन्न भैसकेकोले अब एक महिनाभित्र एकता हुने बताएका छन् । 
बिहीबार आयोजित देउसी–भैलो कार्यक्रममा पत्रकारहरुसँग संक्षिप्त कुराकानी गर्दै उनले यस्तो बताएका  हुन् । उनले भने, ‘एकता एक महिनाभित्रै सम्पन्न हुन्छ । कार्यकर्ताको चर्को दबाब छ । त्यही भएर हामी अब मिलेर जान्छौं । एकताको लागि ९० प्रतिशत काम सकियो ।’
उनले पार्टीको नेतृत्व कसले गर्ने भन्नेबारेपनि कुनै विवाद नरहेको स्पष्ट पारे । उनले भने, ‘अध्यक्षमा पनि कुरा मिलेको छ । हामी तीनै जना नेताहरु मिलेर जान्छौं । यसमा कुनै दुई मत छैन ।’ एकतापछिको पार्टीको राजनीतिक कार्य्दिशा भने आलंकारिक राजसंस्था र सनातन हिन्दूराष्ट्र बनाएर जाने पनि उनले जनाए । लोहनीले भने,‘कतिपय पार्टीका नेताहरुले पनि यो धारणा राखेका छन् ।’

पार्टीलाई एकताबद्ध बनाउने अभियानमा जुट्न देउवाको आह्वान
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीलाई एकताबद्ध बनाउने अभियानमा जुट्न नेता, कार्यकर्तालाई आह्वान गरेका छन् । आपसी मेलमिलाप नभएका कारण निर्वाचनमा अनपेक्षित हार बेहोर्नुपरेको उल्लेख गर्दै देउवाले पार्टीलाई एकताबद्ध बनाउने अभियानमा जुट्न पार्टीका सबै नेता, कार्यकर्तालाई सचेत गराएका हुन् । 
तिहार तथा नेपाल संवतको अवसर पारेर बिहीबार भक्तपुरमा आयोजित एक कार्यक्रममा बोल्दै उनले निर्वाचनमा भएको हारबाट पाठ सिकेर अघि बढ्नुको विकल्प नरहेको स्पष्ट पारे ।

बोक्सी आरोपमा फेरि कुटिइन् राधा
बोक्सी आरोपमा  कैलालीको घोडाघोडी नगरपालिका–५ की राधा चौधरी फेरि कुटिएकी छिन् । स्थानीय  कालीचरण चौधरीले उनीमाथि बुधबार साँझ कुटपिट गरेको प्रहरीले जनाएको छ । 

राधाले दिएको उजुरीको आधारमा प्रहरीले उनलाई नियन्त्रणमा लिएको जनाएको छ । जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता डीएसपी हरिबहादुर वलीले चौधरीलाई नियन्त्रणमा लिइएको र उनीमाथि अपराध संहिता २०७४ अन्तर्गत सजाय हुने जानकारी दिए । गत वर्ष फागुनमा पनि स्थानीय झाँक्रीबाट उनी कुटिएकी थिइन् ।

दुर्घटनाग्रस्त तारा एयर पाँच महिनापछि उडान
दुर्घटनाबाट क्षतिग्रस्त तारा एयरले जहाज मर्मत गरेर झण्डै पाँच महिनापछि उडान भरेको छ । गत जेठ २६ गते जुम्ला विमानस्थलमा अवतरणका क्रममा टायर पञ्चर भएर तारा एयरको जहाज दुर्घटना भएको थियो । 

आवश्यक मर्मतपछि सो जहाज बिहीबार काठमाडौँका लागि उडान भरेको छ । तारा एयरलाइन्सको ९ एन एइभी कलसाइन भएको जहाज दुर्घटना भएपछि जुम्ला विमानस्थलमा पार्किङ गरेर राखिएको थियो । नागरिक उड्डयन प्राधिकरण जुम्लाका प्रमुख कैलाश शर्माले विमानस्थलको धावन मार्गमा परीक्षण गरेपछि काठमाडौँका लागि जहाजले उडान गरेको बताए ।

माछापोखरीमा विष हाल्दा १० लाखको क्षति
पूर्वी चितवनको राप्ती नगरपालिका–१ पिप्ले ज्योतिनगरका एक किसानको माछापोखरीमा अज्ञात समूहले विष हालेर लाखौँको क्षति पु¥याएको छ । इलाका प्रहरी कार्यालय खैरहनीले दिएको जानकारीअनुसार स्थानीय रत्नबहादुर बर्तौलाको माछापोखरीमा बिहीबार बिहान अकस्मात् माछा मरेका हुन् ।

करीब रु १० लाखबराबरको क्षति भएको पीडित बर्तौलाले बताए । उनको छ कट्ठा क्षेत्रफल जमीनमध्ये चार कट्ठामा माछापोखरी छ । पोखरीमा रु ८० हजारको माछाका भुरा राखिएको र बिक्री गर्ने बेलामा विषादी हालिएको बर्तौलाले गुनासो गरे । बर्तौलाले बिहान ५ बजेतिर माछा एकाएक मर्न थालेपछि पोखरीमा हेर्दा विषको बट्टा फेला पारेको बताए । अघिल्लो वर्ष पनि अज्ञात समूहले नै उनँको माछापोखरीमा विष हालिदिएको थियो ।

केबुलकार निर्माणको गृहकार्य शुरु
मकवानपुर जिल्लाको पर्यटकीयस्थलको विकास र प्रवद्र्धन गर्न उद्देश्यले केबुलकार निर्माण गर्न गृहकार्य शुरु भएको छ । मकवानपुरको थाहा नगरपालिकाको सिमभञ्ज्याङ र भीमफेदी गाउँपालिकाको भैसे जोड्ने गरी केबुलकार निर्माण गर्न प्रारम्भिक अध्ययन शुरु गरिएको थाहा नगरपालिकाले जनाएको छ ।

थाहा नगरपालिकाका प्रमुख लवशेर विष्टको नेतृत्वमा विज्ञसहितको एक टोलीले उक्त नगरपालिकाको वडा नं ४ स्थित सिमभञ्ज्याङको स्थलगत निरीक्षण एवम् अवलोकन गरिएको थाहा नगरपालिकाका उपप्रमुख खड्ग गोपालीले जानकारी दिए । जिल्लाको पर्यटकीयस्थलमध्ये महत्वपूर्ण पर्यटकीयस्थल रहेको सिमभञ्ज्याङवाट ड्रोनको प्रयोग गरी दूरीको नापनक्सा र प्रारम्भिक अध्ययन भएको बताइएको छ । सिमभञ्ज्याङवाट भीमफेदी गाउँपालिकाको भैसेतर्फ ६ किलोमिटर र थाहा नगरपालिकाको दामनतर्फ करीब ७२२ मिटरको दूरी रहेको प्रारम्भिक अध्ययनका क्रममा पाइएको उपप्रमुख गोपालीले बताए ।

ओलम्पिक छनोट : नेपाल र भारतबीचको खेल बराबरी
ओलम्पिकको एशियाली महिला फुटबल छनोटको प्रारम्भिक चरणअन्तर्गत बिहीबार भएको नेपाल र भारतबीचको खेल १–१ गोलको बराबरीमा टुङ्गिएको छ । म्यानमाको याङगोनस्थित थुवुन्ना रङ्गशालामा भएको समूह ‘सी’ अन्तर्गतको पहिलो खेलमा दुवै टोलीले बराबरी खेल्दै अङ्क बाँडेका छन् । 

खेलमा पहिलो अग्रता भने नेपालले लिएको थियो । खेलको ११आँै मिनेटमा नेपाली टोलीकी कप्तान नीरु थापाले गोल गर्दै सुरुवाती अग्रता लिएकी थिइन् । त्यस्तै खेलको पहिलो हाफको ३७औँ मिनेटमा भारतले एक गोल गर्दै खेललाई एक÷एक गोलको बराबरीमा ल्यायो । 

भारतका लागि कमलादेवी युम्नामले गोल गरिन् । निकै प्रतिस्पर्धात्मक बनेको खेलमा दोस्रो हाफमा भने गोल हुन सकेन । दुवै टोलीले खेलको विभिन्न समयमा पाएको अवसरलाई सदुपयोग गर्न सकेका थिएनन् । यस खेलसँगै नेपाल र भारतले एक÷एक अङ्क जोडेका छन् । 

भारतविरुद्धको खेलमा नेपालको यो दोस्रो बराबरी हो । यसअघि खेलेको आठ खेलमा नेपाल सात खेलमा पराजित भएको थियो भने एक खेल मात्र बराबरीमा सकिएको थियो ।

अर्को वर्ष जापानमा आयोजना हुने ओलम्पिक खेलकूदअन्तर्गत पहिलो चरणमा एशियाबाट १८ टोलीले प्रतिस्पर्धा गर्दैछन् । समूह ‘ए’ र ‘बी’ मा पाँच÷पाँच राष्ट्र रहेका छन् भने समूह ‘सी’ र ‘डी’ मा चार÷चार टोली छन् । नेपालले दोस्रो खेल कात्तिक २५ गते म्यानमासँग तथा कात्तिक २७ गते बङ्गलादेशसँग खेल्नेछ ।

salt training

कमेन्ट गर्नुहोस्