
काठमाडौं– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले महान्यायाधिवक्तालाई हटाएकोप्रति विपक्षी पार्टीले आपत्ति जनाएको छ ।
राष्ट्रपति ट्रम्पले महान्यायाधिवक्ता जेफ सेसन्सलाई पदबाट हटाएपछि आफ्नो कमजोरी लुकाउन तथा मनपरी गर्न ट्रम्पले महान्यायाधिवक्तालाई हटाएको विपक्षी डेमोक्र्याट पार्टीको आरोप छ ।
डेमोक्र्याट पार्टीबाट सिनेटमा प्रतिनिधित्व गर्ने नेता चक स्कमरले ट्वीट गर्दै असन्तुष्टि जनाएका हुन् ।
सेसन्सको ठाउँमा तत्कालका लागि उनका वरिष्ठ सहयोगी ’चिफ अफ स्टाफ’ म्याथ्यु ह्वीटेकरलाई जिम्मेवारी दिइएको छ ।