३१ जेठ २०८३, आइतबार

झिलिमिली बत्ती लगाउँदा विद्युत सट भएर बेकरी पसलमा आगलागी

कात्तिक २३, २०७५
झिलिमिली बत्ती लगाउँदा विद्युत सट भएर बेकरी पसलमा आगलागी
प्रतिकात्मक तस्बिर

दमाैली–विद्युत् चुहिएर आगलागी हुँदा तनहुँको दमौलीमा बिहीबार राति एक बेकरी पसलमा क्षति पुगेको छ । आगलागीबाट तनहुँको व्यास नगरपालिका–२ स्थित ग्याथु बेकरी एण्ड पेष्टी पसलमा क्षति पुगेको हो । 

बन्द रहेको पसलमा राति ८ बजे आगलागी हुँदा रु दुई लाख ५० हजार बराबरको केक, फ्रिज र सजावटका सामान पूर्ण रूपमा क्षति भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जानकारी दिए । व्यास नगरपालिकाको वारुणयन्त्रको सहयोगमा आगलागी नियन्त्रणमा आएको थियो । 

प्रहरीका अनुसार तिहारमा झिलिमिली पार्न लगाइकाे विद्युतीय बत्ती सट हुँदा अागाे लागेकाे हाे । 

salt training

कमेन्ट गर्नुहोस्