
काठमाडौं– उपराष्ट्रपति नन्दबहादुर पुनले बहिनीहरुबाट भाइटीका लगाउनुभएको छ ।
उपराष्ट्रपति पुनले विहान ११ बजेर ५५ मिनेटको उत्तम साइतमा भाइटीका लगाउनुभएको हो ।
उपराष्ट्रपति पुनकी एकमात्र दिदी गृहजिल्ला रोल्पामा रहेपनि पुनले नजिककी बहिनीहरुबाट टीका लगाउनुभएको हो । उपराष्ट्रपति पुनले बहिनीहरु चन्द्रमाया पुन, बिमला पुन, शोभा पुन र शशी लामाबाट भाइटीका लगाउनुभयो ।