०५ असार २०८३, शुक्रबार

मधेशी समुदायको भैया दुईज पर्व सम्पन्न

कात्तिक २३, २०७५
मधेशी समुदायको भैया दुईज पर्व सम्पन्न

खजुरा– पश्चिम नेपालका मधेशी समुदायमा तिहारको अन्तिम दिन आज यम द्वितीय अर्थात् भैया दुईजमा भुर्की पुजन गरी आ–आफ्नो दाजुभाइलाई टीका लगाई चिउरा, भुर्की र मिठाई खुवाएका छन् । 

घरको आँगनमा गाईको गोबरले लिपपोत गरी भाइको चित्र कोरेर, नदी तलाउ, पर्वत, बाघ, भालु, सर्प, वन जङ्गलका चित्र बनाएर जङ्गलमा पाइने कुशलगायत विभिन्न काँडाहरु राखी त्यसमाथि सिलौटा राखेर पूजा गर्ने चलन छ । 

उक्त सिलौटामा चामलको पिठोले नदी बनाएर त्यसमा धर्म भाइको मूर्ति बनाएर पूजा गरिन्छ । गाउँ टोलका सम्पूर्ण महिला एकजुट भई सामूहिक रुपमा भुर्की पुजन गर्दछन् । त्यस क्रममा भाइबहिनीको सुख, समृद्धि र शान्तिका लागि विभिन्न कथा, कहानी पनि सुनाउने गरिन्छ । 

भुर्की पुजनका क्रममा दिदीबहिनीले बिहानैदेखि ब्रत बसेर आ—आफनो दाजुभाइको सुख, शान्ति, उन्नति, सुस्वाथ्य, प्रगतिलगायतको कामना गर्दछन् । आज पूजा गरिने चिउरा भुर्की टाढा रहेका आफ्ना दाजुभाइलाई कार्तिक पूर्णिमासम्म पनि खुवाउने प्रचलन छ । 
 

salt training

कमेन्ट गर्नुहोस्